मध्यावधि निर्वाचन भनेको के हो?
तोकिएको म्याद पूरा हुनुभन्दा पहिले नै प्रतिनिधि सभा विघटन गरी पुनः नयाँ जनप्रतिनिधि छनोट गर्न गराइने निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ। उदाहरणका लागि, वि.सं. २०५१ असार २६ गते गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेपछि सोही वर्ष कार्तिक २९ मा नेपालमा मध्यावधि निर्वाचन भएको थियो।