विविधतामा एकता नेपालको विशेषता भनेको के हो, प्रस्ट पार्नुहोस् ।
नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक रूपमा प्रशस्त विविधता भए पनि नेपालीहरूबिच सदियौंदेखि एकआपसमा विश्वास, समानता, मेलमिलाप, सहकार्य र सद्भावको व्यवहार कायम रहँदै आएको छ। यसरी विभिन्न फरकपन हुँदाहुँदै पनि सबै मिलेर एउटै राष्ट्रका रूपमा एकतावद्ध रहनुलाई नै "विविधतामा एकता" भनिन्छ, जुन नेपालको विशेषता र पहिचान दुवै हो।