पारिवारिक योजनाको परिचय दिनुहोस्।
१. पारिवारिक योजनाको परिचय दिनुहोस्।
Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.
पारिवारिक योजनाको परिचय दिनुहोस्।
१. पारिवारिक योजनाको परिचय दिनुहोस्।
पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्यको सूची बनाउनुहोस्।
आम्दानी तथा अन्य स्रोतको उचित व्यवस्थापन तथा परिचालनबाट परिवारका सदस्यलाई सुखी जीवनयापन गराउने योजनालाई पारिवारिक योजना भनिन्छ। परिवारका सदस्यहरूबिचको सुमधुर सम्बन्धले पारिवारिक योजना निर्माणमा सहयोग पुऱ्याउँछ र उपयुक्त पारिवारिक योजनाले स्वस्थ, सुखी र गुणस्तरीय जीवनयापनमा सहयोग पुर्याउँछ।
पारिवारिक योजनाले गुणस्तरीय जीवन प्राप्तिमा कसरी सहयोग पुऱ्याउँछ, उल्लेख गर्नुहोस्।
२. पारिवारिक योजनाअन्तर्गत गर्नुपर्ने कार्यको सूची बनाउनुहोस्।
गुणस्तरीय जीवनका आधार उल्लेख गर्दै कुनै दुई आधारको छोटकरीमा व्याख्या गर्नुहोस्।
घर परिवार चलाउन आर्थिक स्रोत जुटाउनुपर्छ।
सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले कसरी गुणस्तरीय जीवनमा प्रभाव पार्छ, उल्लेख गर्नुहोस्।
उपलब्ध स्रोतको सही परिचालन गर्नुपर्छ। आवश्यकताअनुसार बच्चा जन्माउने र उचित जन्मान्तर कायम राख्नुपर्छ। सामाजिक परिवेशमा समायोजन हुन सामाजिकीकरण क्रियाकलापमा सहभागी हुनुपर्दछ। आपसी सरसल्लाह र निर्णयका आधारमा पारिवारिक जिम्मेवारी पूरा गर्नुपर्छ। बालबच्चाको हेरचाह तथा शिक्षा दीक्षाको व्यवस्था गर्नुपर्छ। जेष्ठ नागरिकप्रति उचित स्याहार, हेरचाह र सम्मान गर्नुपर्छ। ३. पारिवारिक योजनाले गुणस्तरीय जीवन प्राप्तिमा कसरी सहयोग पुऱ्याउँछ, उल्लेख गर्नुहोस्। परिवारका सदस्यबिच सुमधुर सम्बन्ध कायम गरी पारिवारिक स्रोतको उचित परिचालनमा मदत गर्छ। अनावश्यक खर्च घटाई उद्यमशील बन्न प्रेरणा दिन्छ। स्तनपानलाई प्रोत्साहन दिई आमा तथा शिशुको स्वास्थ्य सुरक्षा गर्छ, जसले स्वास्थ्य स्तर उकास्छ। आवश्यकताअनुसार मात्र बच्चा जन्माउने र उचित जन्मान्तर कायम गर्ने प्रेरणा दिई परिवारको आर्थिक-सामाजिक अवस्था सुदृढ बनाउँछ। सुखी र आरामदायी परिवार बनाई नवदम्पती तथा आमाबाबुलाई दायित्व प्रभावकारी ढङ्गले निर्वाह गर्न सक्षम बनाउँछ। यसरी परिवारमा प्राप्त स्रोतलाई योजनाबद्ध र व्यवस्थित ढङ्गले उपयोग गर्न सकेमा खुसी र सुखी परिवार बन्न सक्छ, जसले छोराछोरीको उचित लालन पालन र समग्र गुणस्तरीय जीवनलाई सहयोग पुर्याउँछ। ४. गुणस्तरीय जीवनका आधार उल्लेख गर्दै कुनै दुई आधारको छोटकरीमा व्याख्या गर्नुहोस्। गुणस्तरीय जीवनका आधारहरू निम्नानुसार छन्: आधारभूत आवश्यकता परिपूर्ति खुसीपन वा आनन्दीपन स्वस्थ र दीर्घ जीवन भौतिक जीवनस्तरका सूचक मानव विकास सूचकाङ्क कुनै दुई आधारको व्याख्या: आधारभूत आवश्यकता परिपूर्ति: व्यक्ति वा परिवारको गुणस्तरीय जीवन मापन गर्ने वा तुलना गर्ने महत्त्वपूर्ण आधार आधारभूत आवश्यकताको परिपूर्ति हो। खाद्यान्न, खानेपानी सरसफाइ, स्वास्थ्य, शिक्षा, आवास र लत्ताकपडा जस्ता आधारभूत आवश्यकता पूरा भएमा जीवनमा सुधार आउँछ। मानव विकास सूचकाङ्क: मानव विकासको अवस्था मापन गर्ने सबैभन्दा महत्त्वपूर्ण र लोकप्रिय सूचकाङ्क मानव विकास सूचकाङ्क हो, जुन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सन् १९९० मा प्रचलनमा ल्याएको हो। यसले प्रतिव्यक्ति आय, शैक्षिक स्तर र औसत आयुलाई आधार मानी मानव विकासको अवस्था मापन गर्छ। ५. सन्तानको उचित भरणपोषण र शिक्षादीक्षाले कसरी गुणस्तरीय जीवनमा प्रभाव पार्छ, उल्लेख गर्नुहोस्। सन्तानको जन्म दिएपछि उनीहरूको भरणपोषण र उचित शिक्षा दीक्षा दिनु आमाबुबाको पहिलो कर्तव्य हो। गुणस्तरीय जीवन प्राप्तिका लागि परिवारको आकारलाई महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ। आवश्यकताअनुसार बच्चा जन्माउने र उचित जन्मान्तर कायम गर्ने जस्ता निर्णयले छोराछोरीको भरणपोषण र शिक्षामा सहयोग पुग्छ। यसरी सन्तानलाई राम्रोसँग हुर्काउन र शिक्षा दिन सकेमा उनीहरूको स्वास्थ्य, ज्ञान र भविष्य सुधार्न सकिन्छ, जसले समग्र पारिवारिक र सामाजिक गुणस्तरीय जीवनमा सकारात्मक प्रभाव पार्छ।
मानव विकास सूचकाङ्क र भौतिक जीवनस्तरका सूचकबीचको भिन्नता तालिकामा देखाउनुहोस्।
१. मानव विकास सूचकाङ्क र भौतिक जीवनस्तरका सूचकबीचको भिन्नता:
गुणस्तरीय जीवनका उपायहरू के के हुन्, उल्लेख गर्नुहोस्।
२. गुणस्तरीय जीवनका उपायहरू: स्वास्थ्य सेवाको सर्वसुलभता र उपयोग। गुणस्तरीय शिक्षा प्राप्ति। सन्तुलित भोजनको प्रचुरता र नियमित प्रयोग। आवास, सञ्चारलगायतका सुविधाको व्यवस्था। फोहोरमैलाको उचित व्यवस्थापन र स्वच्छ वातावरणीय सन्तुलन कायम। रोजगारी सिर्जना। सिपमूलक र आयमूलक कार्यक्रमको व्यवस्था। प्रजनन तथा यौन रोगसम्बन्धी विभिन्न समस्याको पहिचान र समाधान।
SEE का लागि अति महत्वपूर्ण क्षेत्र
• पारिवारिक योजनाको अर्थ र महत्त्व। • गुणस्तरीय जीवनको अर्थ र यसका उपाय। • गुणस्तरीय जीवनका आधारहरू (विशेषतः मानव विकास सूचकाङ्क र भौतिक जीवनस्तर सूचक)। • पारिवारिक योजना र गुणस्तरीय जीवनबीचको सम्बन्ध।