जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्नुहोस्।
जनसङ्ख्या र वातावरण एकअर्कामा अन्तरसम्बन्धित छन्। वातावरणको संरक्षण वा विनाश मानिसकै हातमा रहेको हुन्छ। मानिसका लागि आवश्यक पर्ने स्वच्छ हावा, शुद्ध पानी, खाना आदि वातावरणबाट नै प्राप्त हुन्छ, र उक्त वातावरणमा मानिस सजिलै हुर्कन, बढ्न र आफ्ना आवश्यकता पूरा गर्न सक्छ। तर जनसङ्ख्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर वातावरणमा पर्छ — प्राकृतिक स्रोतको जथाभावी प्रयोग हुन्छ, हावा-पानी-माटो प्रदूषित हुन्छन्, जमिनको उर्वराशक्ति घट्छ र बाढी-पहिरो-भूक्षयजस्ता वातावरणीय समस्या तथा रोग-महामारी बढ्छन्। यसरी जनसङ्ख्या बढी भएमा वातावरणमाथिको दबाब बढ्ने र वातावरण स्वस्थ रहेमा मात्र जनसङ्ख्याको जीवनस्तर राम्रो हुने भएकाले दुवैबिच गहिरो अन्तरसम्बन्ध रहेको छ। त्यसैले जुनसुकै देशमा पनि वातावरण र जनसङ्ख्याबिचमा सन्तुलन कायम हुनु आवश्यक छ।