SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

सङ्घीय कार्यपालिकाSolved Questions· Unit 2
Social Studies · Chapter 05b
9 solved questions

सङ्घीय कार्यपालिका

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

अभ्यास5थप SEE अभ्यास3SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

अभ्यास

5
1SEE Boardqb-q0

कार्यपालिका भनेको के हो ?

कार्यपालिकालाई सरकार वा मन्त्रिपरिषद्को रूपमा चिनिन्छ। कार्यपालिकालाई कानुन कार्यान्वयन गर्ने निकायका रूपमा लिने गरिन्छ। नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहन्छ। नेपालको संविधानअनुसार केन्द्रमा सङ्घीय कार्यपालिका, प्रदेशमा प्रदेश कार्यपालिका र स्थानीय तहमा स्थानीय कार्यपालिका रहने व्यवस्था छ।

2SEE Boardqb-q1

कार्यपालिकाको प्रशासनिक कार्यअन्तर्गत के के कार्य पर्दछन् ?

व्यवस्थापिकाबाट स्वीकृत कानुनको कार्यान्वयन गर्ने मुलुकमा शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने राज्यको नीति निर्माण गर्ने प्रशासन सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने राज्यमा सुशासन कायम राख्ने

3SEE Boardqb-q2

प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने मुख्य विषय उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले राष्ट्रपतिलाई सामान्यतया निम्न मुख्य विषयमा जानकारी गराउनुपर्दछ: १. मन्त्रिपरिषद्को बैठकका निर्णयहरू। २. देशको शासन व्यवस्था सञ्चालनसम्बन्धी सामान्य जानकारी। ३. अन्तर्राष्ट्रिय सन्धि-सम्झौतासम्बन्धी विषय। ४. युद्ध र शान्तिको घोषणासम्बन्धी निर्णय। यसरी प्रधानमन्त्रीले राज्य सञ्चालनका महत्त्वपूर्ण विषयमा राष्ट्रपतिलाई नियमित रूपमा जानकारी गराउनुपर्दछ।

4SEE Boardqb-q3

सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिकाका भिन्नता लेख्नुहोस् ।

आधारसङ्घीय कार्यपालिकाप्रदेश कार्यपालिका
प्रमुखप्रधानमन्त्रीमुख्य मन्त्री
कार्यक्षेत्रसम्पूर्ण देशआफ्नो प्रदेश मात्र
मन्त्रिपरिषद्को आकारबढीमा २५ सदस्यप्रदेश सभाको कुल सदस्यको २०% भन्दा बढी नहुने
जिम्मेवारीराष्ट्रिय हित, सुरक्षा, कूटनीति, आर्थिक व्यवस्थापनजस्ता राष्ट्रव्यापी कार्यप्रदेशको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन
5SEE Boardqb-q4

तपाईं नेपालको प्रधानमन्त्री हुनुभयो भने देशमा सुशासन कायम गर्न के के काम गर्नुहुन्थ्यो ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।

प्रशासनिक संयन्त्रलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउने भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने कानुनको समान र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सबैका लागि सुलभ बनाउने जनसहभागितामूलक निर्णय प्रक्रिया अपनाउने र स्थानीय तहसम्म सेवा पुऱ्याउने प्राकृतिक स्रोतसाधनको दिगो र विवेकपूर्ण उपयोग सुनिश्चित गर्ने

02

थप SEE अभ्यास

3
1SEE Boardqb-q5

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री कसरी नियुक्त हुन्छन् ?

धारा ७६(३) अनुसार पनि सरकार गठन हुन नसकेमा धारा ७६(५) अनुसार संसद्वाट बहुमत जुटाउन सक्ने जुनसुकै प्रतिनिधि सभा सदस्य प्रधानमन्त्रीमा नियुक्त हुन सक्छन्। उनले पनि नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

2SEE Boardqb-q6

कार्यपालिकाको सुरक्षासम्बन्धी कार्य के के हुन् ?

समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने, नेपाली सेनाको परिचालन र नियन्त्रण गर्ने, बाह्य आक्रमणका बेला सुरक्षा प्रदान गर्ने र आवश्यकतानुसार युद्ध र शान्तिको घोषणा गर्ने कार्य कार्यपालिकाको सुरक्षासम्बन्धी कार्यअन्तर्गत पर्दछन्।

3SEE Boardqb-q7

प्रदेश कार्यपालिकाको प्रमुख को हुन्छन् ?

प्रदेश कार्यपालिकाको प्रमुखका रूपमा मुख्य मन्त्री हुन्छन्।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q8

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• कार्यपालिकाको अर्थ • सरकार गठनका संवैधानिक प्रावधान (धारा ७६ का उपधारा) • मन्त्रिपरिषद्को गठन • कार्यपालिकाका कार्य (प्रशासनिक, कूटनीतिक, आर्थिक, सुरक्षासम्बन्धी) • प्रदेश कार्यपालिकाको संरचना

Review the NotesBack to Chapter