SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

पर्यटन प्रवर्धनSolved Questions· Unit 2
Social Studies · Chapter 08b
8 solved questions

पर्यटन प्रवर्धन

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

पर्यटन प्रवर्धन — अभ्यास (समाधान सहित)5थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

पर्यटन प्रवर्धन — अभ्यास (समाधान सहित)

5
1SEE Boardqb-q0

पर्यटन उद्योग भनेको के हो? यसको महत्त्व चर्चा गर्नुहोस्।

१. पर्यटन उद्योग भनेको के हो? यसको महत्त्व चर्चा गर्नुहोस्।

2SEE Boardqb-q1

नेपालमा साहसिक पर्यटनको कस्तो सम्भावना रहेको छ, उल्लेख गर्नुहोस्।

पर्यटकलाई सशुल्क भ्रमण गराउने, आवासको व्यवस्था गर्ने, यातायातको व्यवस्था मिलाउने, दृश्यावलोकन गराउने जस्ता पर्यटकलाई विभिन्न सेवा-सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालित सबै व्यवसायलाई पर्यटन उद्योग भनिन्छ। यसको महत्त्व निम्नानुसार छ:

3SEE Boardqb-q2

नेपालमा पर्यटन प्रवर्धनका उपाय उल्लेख गर्नुहोस्।

पर्यटन उद्योगबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन हुन्छ, जसले देशको आम्दानी वृद्धि गर्छ।

4SEE Boardqb-q3

तपाईंको विचारमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न कस्ता कदमहरू चालिनुपर्छ? बुँदागत रूपमा टिपोट गर्नुहोस्।

सरकारी राजस्वमा समेत वृद्धि हुन्छ।

5SEE Boardqb-q4

पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभाव उल्लेख गर्नुहोस्।

घरेलु तथा कला संस्कृतिमा आधारित उद्योग फस्टाई व्यापार वृद्धि तथा प्रवर्धन हुन्छ। ग्रामीण क्षेत्रमा रोजगारी र आम्दानी वृद्धि भई गरिबी घटाउन सहयोग पुग्छ। परम्परागत उत्पादनको प्रचारप्रसार र विकासमा सहयोग पुगी देशको आर्थिक समृद्धि हासिल हुन्छ। २. नेपालमा साहसिक पर्यटनको कस्तो सम्भावना रहेको छ, उल्लेख गर्नुहोस्। नेपालमा साहसिक पर्यटनका लागि महत्त्वपूर्ण सम्भावना रहेको छ: र्‍याफ्टिङका लागि सुनकोसी, त्रिशुली, कर्णाली जस्ता नदीहरू प्रख्यात मानिन्छन्। पर्वतारोहण र ट्रेकिङका लागि नेपालमा उपयुक्त स्थल र मार्गहरू रहेका छन्। प्याराग्लाइडिङ, बन्जिजम्पिङ, जिप्लाइन, माउन्टेन फ्लाइट जस्ता थुप्रै किसिमका साहसिक पर्यटन गतिविधि सञ्चालन गर्न सकिने सम्भावना छ। ३. नेपालमा पर्यटन प्रवर्धनका उपाय उल्लेख गर्नुहोस्। पर्यटन स्थलमा आवश्यक पूर्वाधार र सुविधा उपलब्ध गराउनमा जोड दिने। नयाँ नयाँ पर्यटकीय स्थलको खोजी गरी ती क्षेत्रको प्रवर्धन र पूर्वाधार विकासमा जोड दिने। पर्यटकीय गन्तव्य स्थलको प्रचार प्रसार गर्ने। गुणस्तरीय र सुविधायुक्त यातायातको व्यवस्था गर्ने। प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र संवर्धन गर्ने। राजनीतिक स्थिरता र शान्तिको वातावरण कायम गर्ने। स्वदेशी तथा विदेशी लगानीकर्तालाई अभिप्रेरित गर्ने। पर्यटकको आगमन प्रक्रियालाई सरल र सुलभ बनाउने। ४. तपाईंको विचारमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न कस्ता कदमहरू चालिनुपर्छ? बुँदागत रूपमा टिपोट गर्नुहोस्। पर्यटकीय स्थलहरूमा सडक, बिजुली, खानेपानी जस्ता पूर्वाधार सुविधा विस्तार गर्ने। अन्तर्राष्ट्रिय स्तरमा नेपालका पर्यटकीय गन्तव्यको व्यापक प्रचारप्रसार गर्ने। पर्यटकको सुरक्षाका लागि शान्ति र स्थिरता कायम गर्ने। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र यातायात सेवा सहज बनाउने। भिसा तथा प्रवेश प्रक्रियालाई सरल बनाउने। साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने। ५. पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभाव उल्लेख गर्नुहोस्। सकारात्मक प्रभाव: रोजगारीका अवसर सिर्जना हुन्छन् र आम्दानी वृद्धि हुन्छ। विदेशी मुद्रा आर्जन भई सरकारी राजस्वमा वृद्धि हुन्छ। घरेलु उद्योग, कला र संस्कृतिमा आधारित व्यवसाय फस्टाउँछन्। ग्रामीण क्षेत्रको विकास भई गरिबी न्यूनीकरणमा सहयोग पुग्छ। नकारात्मक प्रभाव: पर्यटकीय स्थलमा अव्यवस्थित संरचना निर्माण हुँदा वातावरणमा दबाब पर्न सक्छ। स्थानीय संस्कृति र परम्परामा बाह्य प्रभाव पर्न सक्छ। पर्यटकीय क्षेत्रमा वस्तु तथा सेवाको मूल्य वृद्धि हुन सक्छ।

02

थप SEE अभ्यास

2
1SEE Boardqb-q5

आन्तरिक पर्यटक र बाह्य पर्यटकबीचको भिन्नता तालिकामा देखाउनुहोस्।

१. आन्तरिक पर्यटक र बाह्य पर्यटकबीचको भिन्नता:

2SEE Boardqb-q6

बृहत् हिमालय पदमार्गको महत्त्व उल्लेख गर्नुहोस्।

२. बृहत् हिमालय पदमार्गको महत्त्व: पर्वतारोहण र पदयात्राका माध्यमबाट पर्यटकलाई नयाँ अनुभूति दिन्छ। हिमाली क्षेत्रको गरिबी निवारण र विकासमा मदत गर्छ। पर्यटन प्रवर्धन र रोजगारी सिर्जनामा योगदान गर्छ। अविकसित हिमाली जिल्लाको विकास र स्थानीय समुदायलाई अवसर प्रदान गर्छ।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q7

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• पर्यटन, पर्यटक र पर्यटन उद्योगको अर्थ र प्रकार। • नेपालमा पर्यटनको महत्त्व। • नेपालमा पर्यटन उद्योगको सम्भावना (बृहत् हिमालय पदमार्ग, प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, ऐतिहासिक सम्पदा, साहसिक पर्यटन, हावापानी र सांस्कृतिक विविधता)। • पर्यटन प्रवर्धनका उपायहरू। • पर्यटकको आगमनले पार्ने सकारात्मक/नकारात्मक प्रभाव।

Review the NotesBack to Chapter