सहकारी भनेको के हो?
१. सहकारी भनेको के हो?
Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.
सहकारी भनेको के हो?
१. सहकारी भनेको के हो?
सहकारीको महत्त्व उल्लेख गर्नुहोस्।
आर्थिक तथा सामाजिक रूपमा समान आवश्यकता भएका व्यक्ति मिलेर स्वेच्छाले गठन गर्ने संस्थालाई सहकारी भनिन्छ। सहकारी 'एकका लागि सबै र सबैका लागि एक' भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक तथा सामाजिक हित गर्ने उद्देश्यले स्थापना गरिन्छ।
सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत सर्तको सूची बनाउनुहोस्।
२. सहकारीको महत्त्व उल्लेख गर्नुहोस्।
सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने भनाइलाई विभिन्न उदाहरणद्वारा प्रस्ट पार्नुहोस्।
आर्थिक असमानता हटाई आत्मनिर्भरता प्राप्त गर्न सहयोग गर्छ।
सहकारी संस्था स्थापनाका लागि के के प्रक्रिया पूरा गर्नुपर्छ, लेख्नुहोस्।
समाजको दिगो आर्थिक विकास र सांस्कृतिक तथा सामाजिक समावेशिता कायम गर्न मदत गर्छ। महिला तथा विपन्न वर्गको नेतृत्व क्षमता र वित्तीय साक्षरता विकासमा योगदान गर्छ। निम्न र मध्यम आर्थिक अवस्था भएका मानिसमा उद्यमशीलताको भावना विकास गर्छ। समाजमा स्वच्छ र प्रतिस्पर्धी व्यावसायिक वातावरण सिर्जना गर्छ। कृषि, स्वास्थ्य, शिक्षा, यातायात, पर्यटन जस्ता क्षेत्रमा उद्योग व्यवसाय सञ्चालनमा सघाउँछ। ३. सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत सर्तको सूची बनाउनुहोस्। सहकारी स्वेच्छिक र स्वायत्त संस्था हो। सहकारीमा आबद्ध सदस्यका बिचमा सेयर लगानीमा समान सहभागिता हुनुपर्दछ। सहकारीका सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुन्छन्। सहकारीमा नियमअनुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र बचत सङ्कलन र ऋण लगानी गर्नुपर्ने हुन्छ। सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको समेत दायित्य निर्वाह गर्नुपर्छ। सदस्यद्वारा संस्था सञ्चालन कार्यविधि र अन्य नियम बनाउनुपर्ने हुन्छ। संस्थाको दीर्घकालीन सोच, सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक र व्यावसायिक उन्नतिमा सहयोग पुऱ्याउने हुनुपर्छ। ४. सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने भनाइलाई विभिन्न उदाहरणद्वारा प्रस्ट पार्नुहोस्। दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको उदाहरणले यो भनाइलाई प्रस्ट पार्छ। पाँच वर्ष पहिलेसम्म त्यहाँका बासिन्दाको आर्थिक अवस्था कमजोर थियो र उनीहरूसँग खेती गर्न पाखोबारी मात्र थियो। सहकारी संस्था स्थापना भएपछि: सबै सदस्यले प्रतिमहिना अनिवार्य मासिक बचत गर्न थाले र जम्मा भएको रकमबाट आवश्यक सदस्यलाई निश्चित ब्याजमा रकम उपलब्ध हुने व्यवस्था मिल्यो। सदस्यहरूले पालैपालो रकम लिएर बाख्रापालन, भैंसीपालन, गाईपालन, फलफूल र तरकारी खेती जस्ता साना व्यवसाय सुरु गरे। गाउँलेहरूमा सामाजिक एकता र मेलमिलाप कायम भयो। रकम आवश्यक परेका बेला ऋण सापटी लिन सजिलो भयो। दैनिक घर खर्च टार्न, बिरामी पर्दा उपचार गर्न र चाडपर्व मनाउन सहज भयो। यसरी सहकारीले न केवल आर्थिक अवस्था सुधार्छ, बरु सामाजिक एकता र मेलमिलाप कायम गराई समाजको समग्र रूपान्तरणमा समेत सहयोग गर्छ भन्ने कुरा यो उदाहरणले पुष्टि गर्छ। ५. सहकारी संस्था स्थापनाका लागि के के प्रक्रिया पूरा गर्नुपर्छ, लेख्नुहोस्। सम्बन्धित क्षेत्रमा सहकारीबारे जानकारी दिने र इच्छुक व्यक्ति पहिचान गर्ने। इच्छुक व्यक्तिहरूको भेला गरी सहकारी स्थापनाबारे छलफल गर्ने। सबैको सहमतिमा सहकारीको विधान तयार पार्ने। सम्बन्धित गाउँपालिका/नगरपालिका वा सहकारी दर्ता गर्ने निकायमा विधान पेस गरी संस्था दर्ता गर्ने। सदस्यता र नियमित बचत सङ्कलन सुरु गरी सहकारीको सञ्चालन थाल्ने।
सहकारिताका सिद्धान्तहरू के के हुन्, उल्लेख गर्नुहोस्।
१. सहकारिताका सिद्धान्तहरू:
नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान तथ्याङ्कसहित उल्लेख गर्नुहोस्।
स्वेच्छिक तथा खुला सदस्यता सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण सदस्यको आर्थिक सहभागिता स्वायत्तता र स्वतन्त्रता शिक्षा, तालिम र सूचना अन्तरसहकारी सहयोग समुदायप्रति चासो २. नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान: नेपालको कुल गार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान करिब ४ प्रतिशत रहेको छ भने वित्तीय सेवामा यसको योगदान करिब २० प्रतिशत रहेको छ। सहकारी क्षेत्रले लगभग ६२ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ। नेपालको संविधानले मार्गदर्शन गरेको आर्थिक विकासको तीन खम्बे नीतिअन्तर्गत सरकार र निजीक्षेत्रसँगै सहकारी पनि एक महत्त्वपूर्ण खम्बा मानिन्छ।
SEE का लागि अति महत्वपूर्ण क्षेत्र
• सहकारिता र सहकारीको अर्थ। • सहकारिताका सिद्धान्तहरू। • सहकारी सञ्चालनका आधारभूत सर्तहरू। • नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान (GDP, वित्तीय सेवा, रोजगारी)। • सहकारीको महत्त्व र समाजमा पार्ने प्रभाव।