SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

बचत र बिमाSolved Questions· Unit 7
Social Studies · Chapter 08g
7 solved questions

बचत र बिमा

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

बचत र बिमा — अभ्यास (समाधान सहित)4थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

बचत र बिमा — अभ्यास (समाधान सहित)

4
1SEE Boardqb-q0

बिमा भनेको के हो? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस्।

१. बिमा भनेको के हो? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस्।

2SEE Boardqb-q1

बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस्।

भविष्यमा आउन सक्ने अनिश्चित प्रकारका जोखिमलाई अन्यत्र हस्तान्तरण गरी सोबाट भएको क्षतिपूर्ति प्राप्त गर्ने माध्यमलाई बिमा भनिन्छ। बिमा गर्दा बिमा कम्पनी (बिमक) र इच्छुक व्यक्ति (बिमित) बिचमा सम्झौता गरिन्छ, जसको लिखतलाई बिमालेख भनिन्छ। बिमाका दुई प्रकार छन्:

3SEE Boardqb-q2

स्वास्थ्य बिमा भनेको कस्तो बिमा हो? यसको महत्त्व उल्लेख गर्नुहोस्।

जीवन बिमा — मानिसको जीवनसँग सम्बन्धित अनिश्चित जोखिम (रोग, दुर्घटना, मृत्यु) विरुद्ध आर्थिक सुरक्षा दिने बिमा। यो एक किसिमको अनिवार्य बचत पनि हो।

4SEE Boardqb-q3

बिमा गर्नाले जीवनमा आइपर्ने आकस्मिक क्षतिलाई न्यूनीकरण वा कम गराउन सकिन्छ, कसरी? छोटकरीमा उल्लेख गर्नुहोस्।

निर्जीवन बिमा — घर, पसल, कलकारखाना, कृषि, सवारी साधन आदि सम्पत्तिमा हुने हानि नोक्सानी विरुद्ध गरिने बिमा, जुन सामान्यतः एक वर्षका लागि गरिन्छ र नवीकरण गर्नुपर्छ। २. बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस्। बिमा अभिकर्ता आधिकारिक हो कि होइन थाहा पाउने। बिमाबाट पाउने सुविधा के के हुन् भन्ने स्पष्ट जानकारी लिने। सुविधा कस्तो अवस्थामा कति प्राप्त गर्न सकिने हो भन्ने बुझेर मात्र बिमा गराउने। बिमा गराउँदा बनाइएका कागजात सुरक्षित राख्ने। बिमासम्बन्धी नीति नियम समय समयमा बुझिरहने। बिमा गरेको कुरा परिवारका सदस्यलाई जानकारी गराउने। बिमा नवीकरण मिति याद गरी तोकिएको समयमा बिमा शुल्क बुझाउने। ३. स्वास्थ्य बिमा भनेको कस्तो बिमा हो? यसको महत्त्व उल्लेख गर्नुहोस्। बिरामी पर्दा वा दुर्घटनामा परी उपचार गर्नुपर्दा लाग्ने खर्चको जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्ने बिमालाई स्वास्थ्य बिमा भनिन्छ। यो मानिसको स्वास्थ्यसँग जोडिएको भएकाले जीवन बिमासँग नजिकको सम्बन्ध राख्ने बिमा हो। उपचार खर्चको भार बिमा कम्पनीले बहन गर्ने भएकाले परिवारमा आर्थिक सङ्कट पर्नबाट जोगाउँछ। आकस्मिक रोग वा दुर्घटनाको अवस्थामा समयमै उपचार गराउन सहज हुन्छ। व्यक्ति र परिवारलाई भविष्यको स्वास्थ्यसम्बन्धी आर्थिक जोखिमबाट सुरक्षा दिन्छ। ४. बिमा गर्नाले जीवनमा आइपर्ने आकस्मिक क्षतिलाई न्यूनीकरण वा कम गराउन सकिन्छ, कसरी? छोटकरीमा उल्लेख गर्नुहोस्। जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका घटना (रोग, दुर्घटना, मृत्यु, आगलागी, प्राकृतिक प्रकोप आदि) अकस्मात् आइपर्छन्, जसले आर्थिक नोक्सानी पुर्‍याउँछ। बिमा गरेको अवस्थामा त्यस्तो घटना भएमा बिमा कम्पनीले बिमालेखमा तोकिएबमोजिम क्षतिपूर्ति प्रदान गर्छ। यसरी बिमाले जोखिमलाई पूर्णतया हटाउन नसके तापनि त्यसबाट हुने आर्थिक नोक्सानीलाई कम गरी बिमितलाई आर्थिक सुरक्षा प्रदान गर्छ, जसले गर्दा जीवनमा आइपर्ने आकस्मिक क्षतिको असर न्यून हुन्छ।

02

थप SEE अभ्यास

2
1SEE Boardqb-q4

जीवन बिमा र निर्जीवन बिमाबीचको भिन्नता तालिकामा देखाउनुहोस्।

१. जीवन बिमा र निर्जीवन बिमाबीचको भिन्नता:

2SEE Boardqb-q5

नेपालमा बिमाको ऐतिहासिक विकासबारे उल्लेख गर्नुहोस्।

२. नेपालमा बिमाको ऐतिहासिक विकास: नेपालमा वि.सं. २००४ असोज ८ गते पहिलो बिमा कम्पनीका रूपमा माल चलानी तथा वित्त कम्पनी लि. स्थापना भएको थियो। सरकारी स्तरबाट वि.सं. २०२५ साल पुष १ गते राष्ट्रिय बिमा संस्थानको स्थापना भएको थियो।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q6

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• बिमा, बिमक, बिमित, बिमालेखको अर्थ। • जीवन बिमा र निर्जीवन बिमाबीचको भिन्नता। • नेपालमा बिमाको ऐतिहासिक विकास। • बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू। • बिमाले जीवनमा प्रदान गर्ने आर्थिक सुरक्षा।

Review the NotesBack to Chapter