Chapter 09b · Social Studies
37 blocks · bilingual

संयुक्त राष्ट्रसङ्घ

LiveBilingual master notes · switch to नेपाली for the full glossary

Complete bilingual study notes for संयुक्त राष्ट्रसङ्घ — every concept explained step by step, with definitions, formulas, and worked examples.

संयुक्त राष्ट्रसङ्घ

अध्याय परिचय

यस अध्यायमा संयुक्त राष्ट्रसङ्घको स्थापना, उद्देश्य र यसका प्रमुख अङ्गहरू (महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय) को गठन, संरचना र कार्यबारे चर्चा गरिएको छ। विश्वमा शान्ति स्थापना र मानव अधिकार संरक्षणका लागि स्थापित यो सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सङ्गठनसँग नेपालको पनि सदस्यता रहेको छ। SEE परीक्षाका दृष्टिले संयुक्त राष्ट्रसङ्घको स्थापना, उद्देश्य, अङ्गहरूको संरचना र कार्य अत्यन्त महत्त्वपूर्ण छन्।

संयुक्त राष्ट्रसङ्घको स्थापना

संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोवर १९४५ मा भएको हो। विश्वमा शान्ति स्थापना र मानव अधिकार संरक्षणका लागि स्थापित यो अन्तर्राष्ट्रिय संस्था हो। संयुक्त राष्ट्रसङ्घका संस्थापक राष्ट्र ५१ ओटा हुन्। यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा छ। हाल संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्र १९३ ओटा छन्। संयुक्त राष्ट्र सङ्घको अन्तिम सदस्य राष्ट्र दक्षिणी सुडान हो। नेपाल पनि संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र हो। नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो।

संयुक्त राष्ट्रसङ्घका उद्देश्य

  1. 1अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।
  2. 2जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानका आधारमा राष्ट्रहरूबिच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
  3. 3आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्याको समाधान गर्नका लागि बिना भेदभाव मानवअधिकार एवम् मौलिक स्वतन्त्रताको सम्मान वृद्धि गर्ने।
  4. 4यी उद्देश्य प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कारबाहीमा सामञ्जस्यता ल्याउन एउटा केन्द्रका रूपमा संयुक्त राष्ट्रसङ्घलाई सङ्गठित बनाउने।

संयुक्त राष्ट्रसङ्घका अङ्गहरू

महासभा

महासभा संयुक्त राष्ट्र सङ्घको प्रमुख अङ्ग हो। संयुक्त राष्ट्रसङ्घको महासभा प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारदेखि सुरु भई मध्य डिसेम्बरसम्म चालु रहन्छ। महासभामा प्रस्तुत प्रस्ताव दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने प्रावधान छ। महासभामा प्रत्येक राष्ट्रले ५ प्रतिनिधि, ५ वैकल्पिक प्रतिनिधि र अन्य सल्लाहाकार पठाउन पाउने तर एकमात्र मताधिकार रहने व्यवस्था छ।

महासभाले आर्थिक, सामाजिक, सांस्कृतिक एवम् मानविय क्षेत्रमा राष्ट्रहरूबिच सहयोगको विस्तार गर्ने कार्य गर्दछ। यसले राष्ट्रसङ्घको बजेट स्वीकृत गर्ने र सुरक्षा परिषद्का अस्थायी सदस्यको चुनाव गर्ने कार्य पनि गर्छ। त्यस्तै सुरक्षा परिषद्को सिफारिसका महासचिवको नियुक्ति गर्ने कार्य गर्दछ।

सुरक्षा परिषद्

सुरक्षा परिषद्मा स्थायी ५ र अस्थायी १० गरी १५ सदस्य राष्ट्र रहन्छन्। अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरू हुन्। अस्थायी सदस्य एफ्रो एसियाली राष्ट्रबाट ५, ल्याटिन अमेरिकाबाट २, पूर्वी युरोपबाट १ र पश्चिम युरोप र अन्यबाट २ गरी १० राष्ट्र हुन्छन्। अस्थायी सदस्य दुई वर्षका लागि चुनिन्छन्।

सुरक्षा परिषद्को स्थायी सदस्यलाई प्राप्त हुने विशेषाधिकारलाई भिटो भनिन्छ। संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा पहिला भिटो प्रयोग गर्ने राष्ट्र बेलायत हो र सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र रुस हो। दोहोरो भिटो प्रयोग गर्ने राष्ट्र पनि रुस हो। सुरक्षा परिषद्मा कुनै निर्णय गर्दा ५ स्थायी सदस्यको मत सहित ९ मत आवश्यक पर्छ। बैठकको अध्यक्षता हरेक महिना परिवर्तन गरी Alphabetic order का आधारमा गरिन्छ।

सुरक्षा परिषद्का कार्यहरू

  • हात हतियारको प्रयोगमा नियन्त्रण गर्ने।
  • विवाद समाधानको उपयुक्त प्रयास गर्ने।
  • समस्याको शान्तिपूर्ण समाधान गर्ने।
  • नयाँ सदस्य राष्ट्रको नियुक्ति लागि महासभामा सिफारिस गर्ने।
  • शान्ति भङ्ग गर्ने मुलुक विरुद्ध सैनिक र गैरसैनिक कदम चाल्ने।
  • महासचिव, अन्तर्राष्ट्रिय न्यायालयको न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने।

अन्तर्राष्ट्रिय न्यायालय

अन्तर्राष्ट्रिय न्यायालयमा १५ जना न्यायाधीश रहने व्यवस्था छ। यी न्यायाधीशहरूको पदावधि नौ वर्षको हुन्छ। प्रत्येक तीन तीन वर्षमा पाँच जना न्यायाधीश पदमुक्त हुने व्यवस्था छ। अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय नेदरल्यान्डको हेगमा रहेको छ।

राष्ट्रहरूबिचमा विवाद भएमा निर्णय दिनु अन्तर्राष्ट्रिय न्यायालयको प्रमुख कार्य हो। त्यस्तै संयुक्त राष्ट्रसङ्घ र यसका विशिष्टीकृत संस्थालाई कानुनी विषयमा परामर्श प्रदान गर्नु, अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अर्थ स्पष्ट पार्नु आदि यसका कार्य हुन्।

आर्थिक तथा सामाजिक परिषद्

आर्थिक तथा सामाजिक परिषद् पनि संयुक्त राष्ट्रसङ्घको अङ्ग हो। यस परिषद्मा ५४ सदस्य रहने व्यवस्था छ। यसका सदस्य तीन वर्षका लागि निर्वाचित हुने गर्छन्। यसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयमा छलफल गर्दछ। यस संस्थाले संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाका सम्बन्धबारे वार्ता गर्ने, परामर्श दिने कार्यसमेत गर्दछ। मानव अधिकार र मौलिक हक सम्बन्धमा निरीक्षण गर्ने काम पनि यस परिषद्ले गर्दछ। यस परिषद्अन्तर्गत पाँचओटा क्षेत्रीय आयोग रहने व्यवस्था छ। नेपाल सन् २०१३ सालदेखि २०१५ सम्म यसको सदस्य रहेको थियो।

जिम्मा जमानी परिषद्

जिम्मा जमानी परिषद्ले कुनै राष्ट्रले आफ्नो अधीनमा राखेको प्रदेशका सम्बन्धमा आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गरे नगरेको निरीक्षण गर्ने कार्य गर्दछ। यसमा ११ प्रदेश रहेका थिए। हाल सबै स्वतन्त्र भइसकेकाले यसले कार्य सम्पादन गर्नुपर्दैन। सन् १९९४ मा पलाउले स्वतन्त्र राष्ट्रको मान्यता पाएको थियो। त्यसपछि यस संस्था निष्क्रिय छ।

सचिवालय

सचिवालय संयुक्त राष्ट्रसङ्घको प्रशासकीय अङ्ग हो। सचिवालयको प्रशासकीय प्रमुख महासचिव रहने व्यवस्था छ। सन् १९९८ देखि एकजना उपमहासचिव रहने व्यवस्था छ। महासचिवको नियुक्ति सुरक्षा परिषद्को सिफारिसमा महासभाबाट हुन्छ। महासचिवको पदावधि पाँच वर्षको हुन्छ। सचिवालयको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ। वर्तमान महासचिव पोर्चुगलका एन्टिरियो गुटर्रेस हुन्, जो नवौं महासचिव हुन् र १ जनवरी २०१७ देखि यस पदमा कार्यरत छन्। संयुक्त राष्ट्रसङ्घका पहिलो महासचिव नर्वे देशका ट्रिग्वेली हुन्।

सचिवालयका कार्यहरू

  • प्रशासकीय कार्य सञ्चालन गर्नु।
  • विश्वको आर्थिक एवम् सामाजिक प्रवृति र समस्याको सर्वेक्षण गर्नु।
  • विश्वमा सरोकार राख्ने विश्वव्यापी महत्त्वका विषयमा सम्मेलन गर्नु।
  • मानवअधिकार, दिगोविकास र निःशस्त्रीकरणका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पार्नु।
  • महासभालगायत अन्य अङ्गको अधिवेशनको तयारी गर्नु।

महत्वपूर्ण तथ्य

विषयतथ्य
स्थापना मिति२४ अक्टोवर १९४५
संस्थापक राष्ट्र५१ ओटा
हालका सदस्य राष्ट्र१९३ ओटा
अन्तिम सदस्य राष्ट्रदक्षिणी सुडान
प्रधान कार्यालयन्युयोर्क, अमेरिका
नेपालले सदस्यता प्राप्त गरेको मितिसन् १९५५ डिसेम्बर १४
सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रअमेरिका, रुस, चीन, फ्रान्स, बेलायत
सुरक्षा परिषद्को कुल सदस्य सङ्ख्या१५ (स्थायी ५ + अस्थायी १०)
सबैभन्दा पहिला भिटो प्रयोग गर्ने राष्ट्रबेलायत
सबैभन्दा बढी र दोहोरो भिटो प्रयोग गर्ने राष्ट्ररुस
अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीश सङ्ख्या१५ जना
अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालयहेग, नेदरल्यान्ड
आर्थिक तथा सामाजिक परिषद्का सदस्य सङ्ख्या५४
वर्तमान महासचिवएन्टिरियो गुटर्रेस (पोर्चुगल), नवौं महासचिव
पहिलो महासचिवट्रिग्वेली (नर्वे)

महत्वपूर्ण शब्द तथा अर्थ

शब्दअर्थ
महासभासंयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्ग, सबै सदस्य राष्ट्र सहभागी हुने निकाय
सुरक्षा परिषद्अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने जिम्मेवारी भएको अङ्ग
भिटोसुरक्षा परिषद्का स्थायी सदस्यलाई प्राप्त विशेषाधिकार
महासचिवसंयुक्त राष्ट्रसङ्घको सचिवालयको प्रशासकीय प्रमुख
जिम्मा जमानी परिषद्अन्तर्राष्ट्रिय दायित्व निरीक्षण गर्ने हाल निष्क्रिय अङ्ग

छिटो पुनरावृत्ति

  • मुख्य तथ्य: स्थापना २४ अक्टोवर १९४५; संस्थापक राष्ट्र ५१; हाल सदस्य राष्ट्र १९३; नेपाल सदस्य सन् १९५५ देखि।
  • मुख्य उद्देश्य: अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा, मैत्रीपूर्ण सम्बन्ध, मानवअधिकार सम्मान।
  • मुख्य अङ्ग: महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद्, सचिवालय।
  • मुख्य तथ्य (सुरक्षा परिषद्): १५ सदस्य, ५ स्थायी (अमेरिका, रुस, चीन, फ्रान्स, बेलायत), भिटो अधिकार।
  • मुख्य तथ्य (अन्तर्राष्ट्रिय न्यायालय): १५ न्यायाधीश, ९ वर्ष पदावधि, हेगमा कार्यालय।
  • महत्वपूर्ण शब्द: महासभा, सुरक्षा परिषद्, भिटो, महासचिव।

परीक्षा अघि सम्झनुपर्ने कुरा

  • स्थापना — २४ अक्टोवर १९४५
  • सदस्य राष्ट्र — १९३
  • नेपाल सदस्यता — सन् १९५५ डिसेम्बर १४
  • सुरक्षा परिषद्का स्थायी सदस्य — अमेरिका, रुस, चीन, फ्रान्स, बेलायत
  • अन्तर्राष्ट्रिय न्यायालय — १५ न्यायाधीश, हेगमा कार्यालय
  • वर्तमान महासचिव — एन्टिरियो गुटर्रेस (पोर्चुगल)

SEE परीक्षा टिप्स

  • 'पुष्टि गर्नुहोस्' खालका प्रश्नमा तथ्यसहित तर्क प्रस्तुत गर्ने।
  • 'किन' सोधिएको प्रश्नमा कारण स्पष्ट देखिने गरी लेख्ने।
  • अङ्गहरूको कार्य लेख्दा बुँदागत रूपमा लेख्ने।
  • मिति र सङ्ख्या (जस्तै सदस्य राष्ट्र सङ्ख्या, स्थापना मिति) ठ्याक्कै सही लेख्ने।
  • 'भूमिका उल्लेख गर्नुहोस्' भन्ने प्रश्नमा कार्यहरू नै भूमिकाका रूपमा लेख्न सकिन्छ।