SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

संयुक्त राष्ट्रसङ्घSolved Questions· Unit 2
Social Studies · Chapter 09b
9 solved questions

संयुक्त राष्ट्रसङ्घ

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

संयुक्त राष्ट्रसङ्घ — अभ्यास (समाधान सहित)6थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

संयुक्त राष्ट्रसङ्घ — अभ्यास (समाधान सहित)

6
1SEE Boardqb-q0

संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो?

१. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो?

2SEE Boardqb-q1

संयुक्त राष्ट्रसङ्घका हालका महासचिवको को र कहाँका हुन्?

संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोवर १९४५ मा भएको हो। यसका संस्थापक राष्ट्र ५१ ओटा थिए।

3SEE Boardqb-q2

महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद भनिन्छ, यस भनाइलाई पुष्टि गर्नुहोस्।

२. संयुक्त राष्ट्रसङ्घका हालका महासचिवको को र कहाँका हुन्?

4SEE Boardqb-q3

जिम्मा जमानी परिषद हाल सक्रिय छैन, किन?

संयुक्त राष्ट्रसङ्घका वर्तमान महासचिव पोर्चुगलका एन्टिरियो गुटर्रेस हुन्। उनी नवौं महासचिव हुन् र १ जनवरी २०१७ देखि यस पदमा कार्यरत छन्।

5SEE Boardqb-q4

सुरक्षा परिषद्को भूमिका उल्लेख गर्नुहोस्।

३. महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद भनिन्छ, यस भनाइलाई पुष्टि गर्नुहोस्।

6SEE Boardqb-q5

विशेषाधिकार (भिटो) भनेको के हो? यसको प्रयोग कसले गर्छ?

महासभा संयुक्त राष्ट्र सङ्घको प्रमुख अङ्ग हो, जसमा सबै सदस्य राष्ट्रको प्रतिनिधित्व हुन्छ। प्रत्येक राष्ट्रले ५ प्रतिनिधि, ५ वैकल्पिक प्रतिनिधि र अन्य सल्लाहाकार पठाउन पाउने तर एकमात्र मताधिकार रहने व्यवस्था छ, जुन कुनै पनि देशको संसदमा हुने प्रतिनिधित्व र मताधिकारको व्यवस्थासँग मिल्दोजुल्दो छ। महासभामा प्रस्तुत प्रस्ताव दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने प्रावधान छ, ठिक संसदमा जस्तै छलफल र मतदानबाट निर्णय लिइन्छ। महासभाले राष्ट्रसङ्घको बजेट स्वीकृत गर्ने, सुरक्षा परिषद्का अस्थायी सदस्यको चुनाव गर्ने र महासचिवको नियुक्ति गर्ने जस्ता महत्त्वपूर्ण निर्णय लिने भएकाले महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद भनिएको हो। ४. जिम्मा जमानी परिषद हाल सक्रिय छैन, किन? जिम्मा जमानी परिषद्ले कुनै राष्ट्रले आफ्नो अधीनमा राखेको प्रदेशका सम्बन्धमा आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा गरे नगरेको निरीक्षण गर्ने कार्य गर्दथ्यो। यसमा ११ प्रदेश रहेका थिए। सन् १९९४ मा पलाउले स्वतन्त्र राष्ट्रको मान्यता पाएपछि यसका सबै प्रदेश स्वतन्त्र भइसकेकाले अब यसले निरीक्षण गर्नुपर्ने कुनै प्रदेश बाँकी नरहेकाले जिम्मा जमानी परिषद्ले कार्य सम्पादन गर्नुपर्दैन। त्यसैले हाल यो संस्था निष्क्रिय अवस्थामा छ। ५. सुरक्षा परिषद्को भूमिका उल्लेख गर्नुहोस्। हात हतियारको प्रयोगमा नियन्त्रण गर्ने। विवाद समाधानको उपयुक्त प्रयास गर्ने। समस्याको शान्तिपूर्ण समाधान गर्ने। नयाँ सदस्य राष्ट्रको नियुक्ति लागि महासभामा सिफारिस गर्ने। शान्ति भङ्ग गर्ने मुलुक विरुद्ध सैनिक र गैरसैनिक कदम चाल्ने। महासचिव र अन्तर्राष्ट्रिय न्यायालयको न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने। ६. विशेषाधिकार (भिटो) भनेको के हो? यसको प्रयोग कसले गर्छ? सुरक्षा परिषद्का स्थायी सदस्यलाई प्राप्त हुने विशेषाधिकारलाई भिटो भनिन्छ, जसअन्तर्गत कुनै एक स्थायी सदस्य राष्ट्रले विपक्षमा मत दिएमा प्रस्ताव पारित हुन सक्दैन। भिटोको प्रयोग अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत गरी सुरक्षा परिषद्का ५ स्थायी सदस्य राष्ट्रले मात्र गर्न सक्छन्। संयुक्त राष्ट्रसङ्घमा सबैभन्दा पहिला भिटो प्रयोग गर्ने राष्ट्र बेलायत हो भने सबैभन्दा बढी र दोहोरो भिटो प्रयोग गर्ने राष्ट्र रुस हो।

02

थप SEE अभ्यास

2
1SEE Boardqb-q6

संयुक्त राष्ट्रसङ्घका उद्देश्यहरू के के हुन्, उल्लेख गर्नुहोस्।

१. संयुक्त राष्ट्रसङ्घका उद्देश्यहरू:

2SEE Boardqb-q7

अन्तर्राष्ट्रिय न्यायालयको संरचना र कार्य उल्लेख गर्नुहोस्।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने। जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानका आधारमा राष्ट्रहरूबिच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने। बिना भेदभाव मानवअधिकार एवम् मौलिक स्वतन्त्रताको सम्मान वृद्धि गर्ने। सदस्य राष्ट्रहरूको काम कारबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसङ्घलाई सङ्गठित बनाउने। २. अन्तर्राष्ट्रिय न्यायालयको संरचना र कार्य: अन्तर्राष्ट्रिय न्यायालयमा १५ जना न्यायाधीश रहने व्यवस्था छ, जसको पदावधि नौ वर्षको हुन्छ र प्रत्येक तीन तीन वर्षमा पाँच जना न्यायाधीश पदमुक्त हुने व्यवस्था छ। यसको प्रधान कार्यालय नेदरल्यान्डको हेगमा रहेको छ। राष्ट्रहरूबिचमा विवाद भएमा निर्णय दिनु यसको प्रमुख कार्य हो। यसले संयुक्त राष्ट्रसङ्घ र यसका विशिष्टीकृत संस्थालाई कानुनी विषयमा परामर्श प्रदान गर्ने र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अर्थ स्पष्ट पार्ने कार्य पनि गर्छ।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q8

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• संयुक्त राष्ट्रसङ्घको स्थापना र उद्देश्य। • महासभा र सुरक्षा परिषद्को संरचना र कार्य। • भिटो अधिकार र यसको प्रयोग गर्ने राष्ट्रहरू। • अन्तर्राष्ट्रिय न्यायालयको संरचना र कार्य। • सचिवालय र महासचिवसम्बन्धी तथ्य।

Review the NotesBack to Chapter